सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ



काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले उनीहरुलाई एसिड हानेको दुईघण्टामै पक्राउ गरेको हो । पक्राउ परेकामध्ये एकजना रौतहटका र अर्का भारतीय नागरिक रहेको खुलेको छ ।

प्रहरीका प्रारम्भिक अनुसन्धानका क्रममा रौतहटका मोहम्मद आलमले पवित्रा कार्कीलाई एकातर्फी मन पराउँथे । उनले बिहीबार बेलुका पनि ३० भन्दा बढी पटक फोन गरेको पाइएको छ । तर युवतीले उनको फोनको बेवास्ता गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एसिड प्रहार गर्ने भारतीय नागरिक मोहम्मद मुन्नाले आफूलाई केही जानकारी नभएको बयान दिएका छन् ।

प्रहरीका अनुसार मुन्ना र मोहम्मद राति नै भारततर्फ जाने तयारीमा थिए । सीसीटीभी फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति नै बदल्नुपर्छ

डा. युवराज संग्रौला । वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति बदल्नु आवश्यक छ ।

चार दशकमा पनि कलुवापुर–बेलौरी सडक नबनेकोमा बेलौरीबासीको दुखेसो

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

ढोरपाटन । दुई जिल्ला जोड्नेगरी १९ वर्षअगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।