काठमाडौंमा सांस्कृतिक संग्रहालय निर्माण हुने



काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक महत्वका स्थानहरुको संरक्षण र सम्बद्र्धनका लागि गुरुयोजना बनाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले पुरातात्विक महत्वका सम्पदाहरु प्राचीन स्मारकको संरक्षण र खोज अनुसन्धानन गरि गुरुयोजना निर्माणमा पुरातत्व बिभागको सहभागिता अनिवार्य गर्दै युनेस्कोको मापदण्डभित्र रही कार्य अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले संविधानमा उल्लेखित तीन तहको साझा अधिकारको क्षेत्रभित्र रही संघ प्रदेश र स्थानीय तहसंगको समन्वय र सहकार्य गरि पुरात्वात्विक महत्वका सम्पदाहरुको संरक्षण र सम्बद्र्धन समयानुकुल ढंगले विकास गर्दै लैजाने कार्ययोजना बनाउन पनि निर्देशन दिएको छ । बैठकले पशुपति, चाँगुनारायण, लुम्विनीलगायतका धार्मिक स्थानको जग्गा अतिक्रमण भए नभएको यकिन गर्दै अतिक्रमण भएको भए सम्बन्धि निकायको जिम्मा लगाउने कार्य अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रत्येक प्रदेशको सांस्कृतिक चाड राज्यकै तर्फबाट मनाउने योजना गरेको बताए । उनले काठमाडौंमा सास्कृतिक संग्रहालय निर्माणको कार्य अघि बढेको जानकारी दिए । सांसदहरुले सांस्कृतिक महत्वका क्षेत्रलाई विकास गर्दै धार्मिक पर्यटनलाई बढावा दिनुपर्ने धारणा राखेका थिए ।

उनीहरुले नेपालको संस्कृतिको बारेमा जानकारी गराउने गरि संग्राहलय निर्माणमा पनि जोड दिएका थिए । बैठकले परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै लैजान पनि सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनसरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु

  इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक

कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि

काठमाडौँ । अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) ले कोप-२९ उपलब्धिमूलक नरहेको र संवेदनशील

भिडियोमा हेर्नुस् नौ किलोमा भएको भयानक दुर्घटना

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार

दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई