विपदमा परी मृत्यु भएकाको परिवारलाई दुईलाख रुपैयाँ राहत दिइने
काठमाडौं । सरकारले विपदमा परी मृत्यु भएको परिवारलाई दुईलाख रुपैयाँ राहत दिने भएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी विपदमा परी कुनै परिवारमा एकजनाको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रति व्यक्ति थप १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हो ।
राहत एकद्वार नीतिमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । तर कुनै परिवारका सबै सदस्यको मृत्यु भएमा भने राहत उपलब्ध नगराईने मन्त्रालयले जनाएको छ ।