इन्जिनियर गोइतलाई सहिद घोषणा गर्न माग गर्दै जनकपुरमा प्रदर्शन


जनकपुर । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएका इन्जिनियर सतिश कुमार गोईतलाई सहिद घोषणा गर्नु पर्ने मांगका साथ युवाहरुले बुधबार जनकपुरमा प्रदर्शन गरेका छन् ।

बुधवार जनकपुरधामका युवाहरु कदम चोकमा स्व. इन्जिनियर सतिश कुमार गोईतको मृत्यु सरकारको लापरवाहीका कारण भएको आरोप लगाउँदै, बिभिन्न नाराका साथ पीडित परिवारलाई उचित क्षतिपूर्ति र घटनाको छानबिन हुनु पर्ने मांग राख्दै बिरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रेका अघि जनकपुरधामका यूवा विद्यार्थीहरुले इन्जिनियर सतिश कुमार गोईतलाई सहिद घोषणा गर्नुपर्ने र घटनाको छानबिन हुनुपर्ने मागका साथ धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।