पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन


काठमाडौं । पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । पाटन अस्पतालमा उपचारका क्रममा बुढाको बुधबार बिहान निधन भएको हो । क्यान्सर पीडित बुढाको ९० वर्षको उमेरमा निधन भएको थियो । रोल्पाको थवाङका बुढा २०४८ सालमा तत्कालीन जनमोर्चाबाट सांसद बनेका थिए । तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बरमन बुढा होमिएका थिए ।