साउनको पहिलो सोमबार पशुपतिनाथमा मन्दिर बाहिरबाटै पूजाआजा(फोटोफिचर)


काठमाडौं । आज साउन महिनाको सोमबार । हिन्दू परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना मानिन्छ । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनहरु पुगेका छन् । यसपटक कोरोना भाइरसको महामारीका कारण भने शिवालयहरुमा मानिसहरुको उपस्थिति न्यून छ । काठमाडौंको पशुपतिमा पनि भक्तजनहरु पुगेका छन् । मन्दिरको मूल ढोका बन्द भएपनि भक्तजनहरुले मन्दिरबाहिरैबाट पूजाआजा गरेका छन् ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसि शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबार शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु प्राप्त हुने र घर परिवारमा सुख शान्ति छाउने विश्वास रहिआएको छ ।

हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिईन्छ । साउने सोमबारको दिन मनोकामना पुरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने धार्मिक प्रचलन छ ।