आफ्नो मर्यादा र जिम्मेवारीको ख्याल गर्न राष्ट्रपतिलाई शेखर कोइरालाको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुःखद भएको बताएका छन् ।

नेकपाभित्र बढेको अन्तरकलह र विवाद मिलाउन भन्दै शीतलनिवासमा नेताहरुको दौडधुप बाक्लिएपछि डा. कोइरालाले यस्तो बताएका हुन् । डा. कोइरालले ट्वीटमार्फत राष्ट्रपतिले आफ्नो मर्यादा र जिम्मेवारीको ख्याल गर्न पनि सुझाव दिएका छन् ।

कोइरालाले लेखेका छन्,‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ।पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो।’ केही सातादेखि नेकपाभित्र विवाद चर्किएपछि शीतल निवास पुगेर राष्ट्रपतिलाई साक्षी राख्दै शीर्ष नेताहरुले छलफल चलाइरहेका छन् । शनिबार पनि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललगायतका नेताहरु शीतल निवास पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

सभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका कारण राहुघाट जलविद्युत् आयोजना निर्माण प्रभावित

म्याग्दी ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ

  धरान (सुनसरी) ।  सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले

धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका