चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर सडकमा ठूलो पहिरो खसेको हो ।
पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा दिनभर सडक अवरुद्ध हुनसक्ने नारायणघाट मुग्लिङ्ग सडक परियोजनाले जनाएको छ । सडक आयोजनाले आज यो सडक हुँदै यात्रा गर्नेहरुलाई बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया