अनुशासन र सैनिक आचरण व्यवहारिकरुपमा उच्चस्तरको देखाउन प्रधानसेनापतिको निर्देशन



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचारसंहिता पालना गर्न निर्देशन दिएका छन् । सैनिक मुख्यालयमा सुरु भएको दोस्रो नेपाली सैनिक आचारसंहिताको उद्घाटन गर्दै प्रधानसेनापति थापाले संगठन सुधारका लागि कार्यरत सबै सकलदर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिकरुपमा उच्चस्तरको हुनुपर्ने उल्लेख गरे ।

थापाले आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको भए । सोही अवसरमा प्रधानसेनापति थापाले पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन भएकोले नेपाली सेनामा आचारसंहिता सम्बन्धी विषयमा हरेक व्यक्तिले हरेक दिन विशेष जोड दिन निर्देशन दिए ।

आचारसंहिता सप्ताह नेपाली सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्नहुने र गर्ननहुने कार्यहरुका बारेमा सुसूचित गराउदै एक अनुशासित, आचारणयुक्त र जिम्मेवार सैनिक व्यक्तिका रुपमा विकास गर्नका लागि नेपाली सेनाको सबै अंगको सबै तहमा सञ्चालन गरिएको हो ।

सो क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट सम्बन्धी, आर्थिक कारोवार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केश स्टडी, प्रवचन जस्ता विधिहरुबाट कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

नेपाली सेनाले २०७६ सालमा पनि वैशाख ६ गतेदेखि १३ गतेसम्म पहिलो पटक “नेपाली सैनिक आचारसंहिता सप्ताह“ कार्यक्रम आयोजना गरेको थियो । साथै हरेक तहमा कार्यरत सैनिक सकलदर्जाले पालना गर्नुपर्ने सैनिक आचारसंहिता र आफ्नो जीवनमा अपनाउनुपर्ने मानवीय आचरणयुक्त पद्धतीहरुबारे जानकारी दिने उद्देश्यसहित “नेपाली सैनिक आचारसंहिता संग्रह–२०७६“ समेत प्रकाशन गरी वितरण गरिएको थियो ।

कोभिड -१९ को महामारीबीच सबै किसिमका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी सञ्चालन गरिएको उक्त आचारसंहिता सप्ताहको शुभारम्भको दिन सदाचार र मानवीय मूल्यमान्यता सम्बन्धमा श्री रमण भट्टराईबाट अभिप्रेरणात्मक प्रवचन समेत सञ्चालन गरिएको थियो । नेपाली सेनाको सबै फर्मेशन, युनिट तथा सब युनिटहरुमा लाइभ मल्टिकास्ट गरिएको उक्त कार्यक्रममा पिएसओज् रथी, अधिकृत वर्ग तथा सकलदर्जाको उपस्थिति रहेको छ । दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह साउन आठ गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको