काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परीक्षण भइरहेका बेला एक जना इन्जिनियरसहित दुई जना बेपत्ता भएका छन्। पानी बाहिर आएपछि बुझ्न गएका दुई जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा आयोजनाका इञ्जिनियर र चालक रहेका छन्। चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहित बेपत्ता भएका हुन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। त्यसक्रममा बा१झ ६७६४ नम्बरको गाडी समेत बगाएको छ ।
गाडी केही तल खोलामा भेटिएको छ । गोहित र थापासँगै पानीले बगाएका शेखर खनाल र पेम्बा दोर्जेलाई उद्धार गरिएको छ । उनीहरूलाई मेलम्ची क्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । आयोजनाको सुरुङ परीक्षणका लागि केही दिनयता पानी हालिएको छ ।
भिडियोः पेम्बा गेल्बु शेर्पा
.jpg)
.jpg)
.jpg)
.jpg)

प्रतिक्रिया