पानीले बगाएर मेलम्ची आयोजनाका इन्जिनियरसहित दुई जना बेपत्ता



सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानीले बगाएर दुई जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर– १ अम्बाथानमा रहेको १७ नम्बर गेट फुट्दा पानीले इञ्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापा मगरलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । त्यसक्रममा बा१झ ६७६४ नम्बरको गाडी समेत बगाएको छ ।

गाडी केही तल खोलामा भेटिएको छ । गोहित र थापासँगै पानीले बगाएका शेखर खनाल र पेम्बा दोर्जेलाई उद्धार गरिएको छ । उनीहरूलाई मेलम्ची क्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ । १७ नम्बर गेटमा केही समस्या देखिएपछि मर्मतका लागि गएकाहरूलाई बगाएको हो । आयोजनाको सुरुङ परीक्षणका लागि केही दिनयता पानी हालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र

पत्र बुझ्न नमानेपछि महानगरले एमालेलाई पठायो हुलाक र इमेलबाट जरिवानाको पत्र

काठमाडौं । काठमाडौँ महानगरपालिले नेकपा एमालेलाई जरिवानाको पत्र हुलाक र इमेलबाट पठाएको छ

३२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट तीन भारतीय पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोलबाट प्रहरीले अवैध विदेशी मुद्रासहित

रुकुम पश्चिममा छोराले गरे बाबुको हत्या

रुकुम । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट