‘अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो’



काठमाडौं । कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालले नक्सा जारी गरेपछि भारत नेपालसँग रिसाएको छ । नेपालले वार्ताका लागि गरेको आग्रहलाई भारतले बेवास्ता गर्दै आएको छ । कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अभिव्यक्ति दिने गरेकाले भारत झनै रुष्ट बनेको छ ।

संसद बैठकमा सम्बोधनका क्रममा कहिले भारतको भाइरस कडा त सिंह मेव जयते कि सत्य मेव जयते जस्ता अभिव्यक्ति दिएर भारतलाई रुष्ट बनाएका प्रधानमन्त्री ओलीले अहिले अयोध्या नेपालमा पर्ने अभिव्यक्ति दिएका छन् । यस्तो बेलामा प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले भारत झनै रुष्ट हुने ठानिएको छ । सार्वजनिक कार्यक्रममा भाषण गरेर भारतलाई थर्काउने कि कुटनीतिक माध्यमबाट समाधान खोज्ने भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्रीको भनाईलाई लिएर सामाजिक संजालमा पक्ष विपक्षमा टिप्पणी आएका छन् ।

राप्रपा अध्यक्ष कमल थापा लेख्छन्, ‘प्रमको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन।’

त्यस्तै जुगल भुर्तेल लेख्छन्, ‘ यो रामको लफडा चैं सबैभन्दा महँगो लफडा हो । आजको भारतमा ‘जय श्री राम’ सबथोक हुन्। तिनले बरू लिम्पियाधुरा देलान्, तर राम कदापि दिँदैनन् । थाइल्याण्डमा समेत अयोध्या छ । राम सर्वव्यापी जगदीश्वर थिए, एकैचोटि सबैतिर जन्मिए होलान् भनेर चित्त बुझाऔं।अब के गर्नु !’

 

प्रधानमन्त्रीको भनाईप्रति सामाजिक संजालमा व्यक्त विचारहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको