काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको भेटलाई लिएर भारतीय सञ्चारमाध्यमबाट प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई कूटनीतिक नोट’ पठाएको छ । नेपाल र नेपालको नेतृत्वको भावनामा आघात पुगेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार भारतीय विदेश मन्त्रालयमार्फत औपचारिक रुपमै कूटनीतिक नोट दिएको हो ।
नेपाल र नेपालका राजनीतिज्ञहरूलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ । दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार भारतीय विदेश मन्त्रालयमार्फत त्यस्तो नोट दिएको हो । नोटमा केही भारतीय सञ्चारमाध्यमबाट प्रसारित घृणित सामग्रीप्रति भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ती सामग्रीहरु गलत, आधारहीन र असंवेदनशील भएको तथा नेपाली जनता र नेतृत्वको अपमान गरेको जनाइएको छ ।
नोटमा नेपालले भारतीय मिडियाबाट प्रसारित समाचार सामग्रीहरु आपत्तिजनक र निनन्दीय हुनुका साथै प्रेस स्वतन्त्रताको लक्ष्मण रेखासमेत नाघेको जनाइएको छ । नेपालका सम्बन्धमा भारतीय मिडियाबाट प्रसारित आपत्तिजनक सामग्रीविरुद्ध तत्काल कदम चाल्न र त्यस्ता सामग्रीले भविष्यमा भारतीय मिडियामा स्थान नपाउने सुनिश्चितता गर्नसमेत नोटमा आग्रह गरिएको छ ।भारतीय टिभी च्यानल जी न्यूजले प्रधानमन्त्री ओली र चिनियाँ राजदूतलाई जोडेर एउटा विशेष कार्यक्रम नै चलाएको थियो । त्यसमा प्रधानमन्त्री र राजदूतको अपमान गरिएको छ ।

प्रतिक्रिया