अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चिकित्सकसहित १२ जना पक्राउ



काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले आइतवार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सहित १२ जना पक्राउ गरेको जनाएको हो । व्युरोको टोलीले नौ जना ललितपुरबाट र चितवनबाट तीन जनालाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली माानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मृगौला प्रत्यारोपण गरेको आरोप लागेको छ । पक्राउ पर्नेमा ललितपुर वडा नम्बर ३ का श्रीगोपाल महर्जनसहित ३ जना डाक्टर, २ जना महिला, १ जना कानून व्यवसायी र अन्य ५ जना रहेको व्युरो प्रमुख एसएसपी देव बहादुर बोहराले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका