अख्तियारद्वारा सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । जिल्ला वन कार्यालय बाराका तत्कालिन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरीदमा व्यापक अनियमितता गरेको उजुरीको आधारमा छानबीन गर्दा गर्दै नगरेको कामको बील भरपाई बनाएर भ्रष्टाचार गरेको ठहरसहित पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रूपैयाँ बिगो मागदाबीसहित आज आरोपपत्र दायर गरेको हो ।