सङ्खुवासभामा पहिरोले सात घर बगायो, ११ जना बेपत्ता


सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर १, सिसुवाखोलामा पहिरो जाँदा सात घर बगाएको छ भने ११ जना बेपत्ता परेका छन् ।

अविरल वर्षापछि गएराति गएको पहिरोले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् । बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी वर्षा भइरहेको छ ।