कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानरपालिका वडा नम्बर १० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर ४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
दुई जनाको पाटन अस्पतालमा र एक जनाको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै मृतकको संख्या ३८ पुगेको छ।