काठमाडौँ । आफूलाई अख्तियारको सहसचिव भन्दै ठगी गर्दै हिँडेको आरोपमा ज्योतिष अर्जुन थापा क्षेत्रीसहित तीन जना पक्राउ परेका छन् । क्षेत्रीसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।
नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षेत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र रकम लिन जाँदा क्षेत्रीसहित तीनजना अख्तियारको फन्दामा परेका हुन् । क्षेत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया