पहिरोमा पुरिएर बझाङमा ६ जनाको मृत्यु, एक बेपत्ता



बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा शुक्रबार राति गएको पहिरोले घर बगाउँदा बेपत्ता भएका सात मध्ये ६ जनाको शव भेटिएको छ । १८ घर पहिरोले बगाउँदा बेपत्ता भएका सात मध्ये ६ जनाको शव भेटिएको हो । एक जना अझै बेपत्ता छन् ।

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया राममती जेठारा र उनकी १५ बर्षीया छोरी शान्ति जेठारा , ११ वर्षीय छोरा प्रयागराज जेठारा र छोरी ७ वर्षीया अस्मिताको शव निकालिएको प्रहरीले जनाएको छ । त्यस्तै ८० वर्षीय दले जेठारा र १२ बर्षीय सन्तु जेठाराको मृत्यु भएको छ । पहिरोमा पुरिएका २० बर्षीय गिरीजा जेठाराको खोजी भईरहेको छ । गाउँ माथिबाट आएको पहिरोले १८ घरमा बगाएको थियो ।

त्यस्तै पहिरोले २२ वटा भैसी , ६५ वटा बाख्रा , २४ वटा गाई गोरु समेत बगाएको छ । घटनापछि मल्लेसी गाउँ शोकमा डुबेको छ । अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । जुईली गाड र सुङरी गाडको बीचमा रहेको उक्त गाउँसम्म सहजै पुग्न सकिएको छैन । सो गाउँमा ९० परिवारको बसोवास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई