कुनै पनि हालतमा पार्टी एकता बचाउन ओलीलाई नेताहरुको सुझाव



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एव पर्यटन मन्त्री योगेश भट्टराईले प्रधनमन्त्री केपी शर्मा ओलीलाई कमरेड्ली भावनको विकास गर्न सुझाव दिएको बताएका छन् । प्रधानमन्त्रीसँगको परामर्शका क्रममा आफूले प्रधानमन्त्रीलाई विश्वासको संकटलाई अन्त्य गर्दै हार्दिक र कमरेड्ली भावनाको विकास गर्न सुझाव दिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि भट्टराईले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताउनु भयो जुन सकारात्मक छ । सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ । चिज साकारात्मक दिशामा जाने आशा गरौं । प्रोक्सी वार बन्द गरौं ।’

मंगलबारको स्थायी कमिटी बैठकमा १७ जना स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि ओली संकटमा परेका छन् । उनले पार्टी फुटाउने, संकटकाल घोषणा गरी मध्यावधि निर्वाचन घोषणा गर्न सक्ने अड्कालबाजी गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब

त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै