कोरोना संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएकाः स्वास्थ्यमन्त्री



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गरेका छन् । मंगलबार नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएको व्यक्ति रहेका भन्दै कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गरेका हुन् ।

मन्त्री ढकालले ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको समेत बताए उनले असार १५ गतेबाटै १० हजार जनाको पीसीआर परीक्षण गर्ने भनेपछि मेशिन जडान भएको र परीक्षण भइरहेकाले केही दिनमा नै दैनिक १० हजार जनाको पीसीआर विधिबाट परीक्षण हुने जानकारी दिए ।

रेडक्रसले १ करोड ५७ लाख रुपैयाँ बराबरको मास्क, सेनिटाइजर लगायत कोरोना नियन्त्रणका लागि प्रयोग हुने सामग्री दुई चरणमा मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई