चितवनमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार राति कोरोना संक्रमणको पुष्टि भएका पुरुषलाई भरतपुर अस्पतालको आईसोलेसनमा राखि उपचार गरिएको थियो ।

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका उनी उपचारका शिलशिलामा भारत गएका थिए । क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्किएर आउने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याईएको थियो ।

उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसंगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा आज मृत्यु भएको पौडेलले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी