‘एउटाको बेसार महात्म्य, अर्काको कोरोना जन्तर !’



काठमाडौँ । शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले एउटा कार्ड भिरेका थिए । त्यो कार्डलाई लिएर सामाजिक संजालमा धेरै टिप्पणी तथा आलोचना भएको छ । ‘कोरोना जन्तर’ भनेर यसका बारेमा टिप्पणी भइरहेको छ । त्यो कार्ड वरिष्ठ नेता माधव कुमार नेपालले बाँडेका थिए ।

बास्तवमा यो ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ भएपनि यसले कोभिड–१९ बाट जोगाउन सक्ने तथ्य हालसम्म कर्हीकतैबाट पुष्टि भने भएको छैन । यस्ता कार्ड निर्माताहरूले ५० सेन्टिमिटर वरपरसम्म निकै कम मात्रामा क्लोरिन डाइअक्साइड हावामा छाड्दै त्यहाँ भएका भाइरस ब्याक्टेरिया, धुवाँ वा प्रदूषण हटाउने दाबी गरेका छन् । तर कतिपय विशेषज्ञले भने यसले स्वासप्रश्वासमा असर गर्ने भन्दै यसको प्रयोग नगर्न सुझाव दिएका छन् ।

यही ‘कोरोना जन्तर’लाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमा यस्तो लेखेका छन्, ‘एउटाको बेसार महात्म्य अर्काको कोरोना जन्तर ! यस्ता अप्रमाणित कुरा बाँडेर ज्यान गयो भने को जिम्मेवार हुने ? द्वन्द्वात्मक भौतिकवादी नेकपाका कणहरू किन यस्तो उल्टो दिशातिर ? विचरा बुढा माक्र्सको दारी उखेलेर सिध्याउने भए उनको नाउँ भजाएर सत्तामा पुग्नेहरूले ! बुढाले भनेकै हुन् I am no Marxist!

त्यसैगरी लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘ओलीलाई दशौँ पटक विन्ति गरेपछि बल्ल ओली निवास बालुवाटार दरबारमा डाकिएको नेकपा डबल स्थायी समितिको बैठकमा ओली आफैँ गयल परेर सुतेछन् । माधव नेपालले बैठकमा चिनियाँ जन्तर बाँडेछन् । र,ओली नभएको मौका छोपेर पुष्पकमलले विषयहीन बैठकको अध्यक्षता गरेछन् । हैट्,नेकपा डबलको जात्रा !’

‘कोरोना जन्तर’ का बारेमा नेकपाका नेता यसो भन्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिक थापाको मुद्दामा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन मगाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन

भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन सहरी व्यवस्थापन विभागलाई उपमेयर डंगोलको निर्देशन

काठमाडौँ । भवन नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था

भारतीय पक्षबाट भूमि अतिक्रमण गरेको विषय द्विदेशीय संयन्त्रलाई ध्यानार्कषण गराइएको छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध

लेखा समिति सभापतिका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध