पूर्वराजा ज्ञानेन्द्रको प्रश्नः हाम्रो स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद उत्पन्न हुन्छ ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कदापि कसैको हित नहुने बताएका छन् । बुधबार विज्ञप्ति जारी गरी पूर्वराजा शाहले आरोप प्रत्यारोप छाडेर इतिहासलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।