कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिकबाहेकका सेवा बन्द
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । प्रतिष्ठानकाले बुधबार विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो ।