कोरोना संक्रमण अझै बाँकी रहेकाले सतर्कता अपनाउन डब्लूएचओका नेपाल प्रमुखको आग्रह



काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना महामारी अझै बाँकी रहेकाले सर्तकता अपनाउन आह्वान गरेका छन् । सोमबार संगठनका नेपाल प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोरोना महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन आह्वान गरेका हुन् ।

लकडाउन खुकुलो बनाएसंगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको भन्दै त्यस्ता भेटघाटमा सबैले आफ्नोतर्फबाट सतर्कता अपनाउनुपर्ने उनले बताए । उनले कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले जीवनशैली र कार्यशैलीमा परिर्वतन गर्नुपर्ने बताए । उनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, भीडभाडमा नजान र दुरी कायम गर्न पनि आग्रह गरे ।

उनले बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन तथा पटक पटक साबुन पानीले हात धुनसमेत आग्रह गरेका छन् । उनले समान्य ज्वरो, रुघाखोकी लागेमा तत्काल चिकित्सककोमा जान सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।