यस्तो छ विद्युतको नयाँ शुल्क, घरायसी उपभोक्ताको न्यूनतम शुल्क ३० रुपैयाँ (मूल्य सूचीसहित)



काठमाडौं । विद्युत नियमन आयोगले विद्युतको नयाँ शुल्क निर्धारण गरेको छ । आयोगले औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोग बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण गरेको हो । यही असारदेखि लागू हुने नयाँ महशुल दररेटमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ ।

सिंगल फेजको तल्लव भोल्टेज (२३० भोल्ट)को बिजुली प्रयोग गर्ने घरायासी उपभोक्ताले महिनामा १० किलोवाट घण्टासम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँमात्र तिरेपुग्छ । तर यही फेजमा १५ एम्पिएरमा भने न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाट घण्टाको शुल्क ४ रुपैयाँ लाग्ने छ। ३० एम्पिएर मा ७५ रुपैयाँ शुल्क र ५ रुपैयाँ प्रतिकिलोवाट शुल्क लाग्ने छ । ६० एम्पिएरमा १२५ रुपैयाँ शुल्क र प्ततिकिलोवाट घण्टाको ६ रुपैयाँ शुल्क तिर्नुपर्ने छ । सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाट घण्टा भन्दा बढी खपत गर्दा अधिकतम महिनामा २७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टा १२ रुपैयाँ तिर्नुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपार्ने गर्नेमाथि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट। हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको