देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न सरकारलाई एनआरएनको आग्रह



काठमाडौं । विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गरेका छन् । कोभिड–१९ को महामारीले रोजगारी गुमेकादेखि विभिन्न प्रयोजनले विदेश गएका तर आन्तरिक बन्दाबन्दी तथा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अलपत्र परेका श्रम गन्तव्य मुलुकदेखि विभिन्न देशमा रहेका नेपाली घर फर्कने प्रतिक्षामा छन् ।

नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई नेपाल फर्काउन शुरु गरिसकेको छ । म्यानमार, संयुक्त अरब इमिरेट्स र कुवेतबाट पहिलो चरणमा नेपाली फर्किसकेका छन् । नागरिकले पीडाको अनुभूति गर्न नपर्ने गरी सरलरूपमा नेपाल फर्काउने व्यवस्था मिलाउन सङ्घका अमेरिका, मध्यपूर्व, युरोप र अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजकले अनुरोध गरेका छन् ।

सङ्घका अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठी, युरोप क्षेत्र संयोजक नारायण आचार्य, मध्यपूर्व क्षेत्र संयोजक प्रवीण गुरुङ र अफ्रिका क्षेत्र संयोजक रोशन थापाले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै हवाई शुल्क तिर्न सक्ने र नसक्ने सबैलाई सँगसँगै उद्धार गर्न आग्रह गरेका हुन् ।

उनीहरुले वैदेशिक रोजगारी कल्याणकारी कोषमा भएको रकमसमेत प्रयोग गरी बेखर्ची र अप्ठ्यारोमा परेकालाई नेपाल लैजान अनुरोध गरेका छन् । यस्तो पीडाको अवस्थामा कतिपय ट्राभल कम्पनीहरु कमाउनमा नै लागेकाले यसप्रति सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । उद्धारपछि क्वारेन्टिन, बसोबास र घर पुग्ने वातावरण सरल र सुलभ बनाउन सरकारसमक्ष आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर