कोरोनामा राजनीति मिसिने खतरा बढ्योः स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश गरेको बताएका छन् । शुक्रबार कान्ति बाल अस्पतालको इ–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताएका हुन् ।

उनले कोरोनामा राजनीतिक प्रवेश गरेकाले व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् । उनले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भएपनि नेपालमा त्यसो हुन नसकेको गुनासो गरे । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध देशभर प्रदर्शन भइरहेका छन् ।

मंगलबारदेखि काठमाडौंबाट सुरु भएको सरकारविरुद्धको प्रदर्शन अहिले देशव्यापी बन्दै गएको छ । सरकारले कोरोना महामारी नियन्त्रणमा लिएको नीति असफल भएको, खर्च विवरण सार्वजनिक, पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन