कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण
काठमाडौं । मंगलबार कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सल्यानका १३, सुर्खेतका पाँच, जुम्लाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या तीन रहेको छ ।