कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु



चितवन । कोरोनाभाइरसको सङ्क्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसीयुमा उपचार गराइरहेका ६८ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो ।

उनलाई सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनलाई कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको हो । लामो समयदेखि मुटुका बिरामी उनमा निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको थियो । कोरोनाबाट बिरामीको मृत्यु भएसँगै चितवनमा थप सतर्कता अपनाइएको छ ।

मृतकका परिवार र उनलाई भेट्न आएकाहरुको सम्भाव्य ट्रेसिङ गर्ने काम र उनीहरूको स्वास्थ्य परीक्षण गर्ने काम शुरु भइसकेको अस्पतालले बताएको छ ।
सोमबार मात्रै चितवनको कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएकामध्ये ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभाको बैठक बस्दै, आजको बैठकमा पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट