आगामी वर्ष १३ वटा नगरपालिकामा स्मार्ट सहर निर्माणः मन्त्री नेम्वाङ



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आगामी आर्थिक बर्षको विनियोजन विधेयकमा प्रादेशिक सन्तुलनलाई ध्यानमा राखेर बजेटलाई समानुपातिक ढङ्गले वितरण गरिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेटको ‘सिलिङ’ घटेको तर चालु आर्थिक बर्षमा सञ्चालित आयोजनालाई निरन्तरता दिनुपर्ने भएकाले आगामी आर्थिक बर्षमा थप नयाँ आयोजना समावेश गर्न नसकिएको बताए ।

वर्तमान असहज परिस्थितिका बाबजुद औचित्य र आवश्यकताका आधारमा केचना–कञ्चनजङ्गा पर्यटकीय मार्ग, तमोर कोरिडोर, मिर्चैया–कटारी–घुर्मी–सल्लेरी, निर्वाचन क्षेत्र रणनीतिक सडकलगायत थोरै मात्र नयाँ आयोजना समावेश गर्न सकिएको उनले बताए । मन्त्री नेम्वाङले विगतमा शुरु गरिएको राष्ट्रिय गौरवका आयोजना उत्तरदक्षिण लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, दु्रत मार्गजस्ता आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न यथोचित ध्यान दिँदै आवश्यक मात्रामा बजेट विनियोजन गरिएको बताए । तराई–मधेश पूर्वाधार सडक विशेष कार्यक्रम तथा सडक पूर्वाधार विकास कार्यक्रमलाई सबै निर्वाचन क्षेत्रमा विस्तार गरिएको उनको भनाइ थियो ।

बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत शहरी विकासमन्त्रालका विभिन्न शीर्षकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै सहरी विकासमन्त्री समेत रहेका नेम्वाङले आगामी वर्ष १३ वटा नगरपालिकामा स्मार्ट सहर निर्माणका लागि कार्यक्रम रहेको बताए । सहरी विकासलाई व्यवस्थित गर्न सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा रहेको जानकारी दिए । मन्त्री नेम्वाङले धोवीखोला, बागमती करिडोर निर्माण कार्य पनि निरन्तर नै रहेको बताए । बजेट अभावले नयाँ योजनाहरु थप गर्न नसकेको पनि उनले बताए । उनले भूमाफियाको प्रलोभन र दबाबमा मन्त्रालय नपरेको र आगामी दिनमा पनि नपर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य