काठमाडौं महानगरपालिकाले गर्यो जनप्रतिनिधि र कर्मचारीको सामूहिक कोरोना बीमा



काठमाडौं । काठमाडौं महानगरले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक सबै (१ हजार ९८२ जना) को कोरोना बीमा गराएको छ । बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेर बीमा गराएको हो । सम्झौतामा महानगरबातर्फबाट प्रशासन बिभागका प्रमुख नमराज ढकाल र लिमिटेडकातर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेका छन् ।

अनुकुल प्रतिकुल जुनसुकै समयमा पनि सेवाग्राहीका बीचमा कसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको हो । सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालल यसले महामारी नियन्त्रणको काम गर्दा उत्पन्न हुन सक्ने जोखिममा धेरै थोरै जति भए पनि क्षतिपूर्ति निश्चित भएको बताए ।

सम्झौताबमोजिम आउँदो बर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिहरुमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलो पटक पोजेटिभ देखिए महानगरको शिफारिसमा १ लाख रुपैयाँ प्राप्त हुनेछ । महानगरका प्रशासन बिभागका प्रमुख ढकालकाअनुसार प्रतिव्यक्ति ६०० रुपैयाँ शुल्क तिरेर १ बर्षका लागि बीमा गरिएको हो । ढकालकाअनुसार महानगरमा १६० जना जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक हुनुहुन्छ । यसैगरी स्थायी अस्थायी करार र सञ्चार गरी १ हजार ७९२ जना जनशक्ति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा