तनहुँका दुईजना पुरुषमा कोरोना भाइरसको संक्रमण
काठमाडौं । तनहुँका दुईजना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनीहरु दुवैजना ऋषिङकै हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।