पठनपाठनलाई सहज रुपमा अघि बढाउन विद्यालय संचालक तयार



काठमाडौं । शैक्षिक क्षेत्रका सरोकारवालाहरुले बिभिन्न बिकल्पका साथ शैक्षिक गतिविधि संचालन गर्न आफूहरु तयार रहेको बताएका छन् । बिहीबार कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आयोजना गरेको छलफलका क्रममा उनीहरुले अनलाईन, रेडियो, टिभी लगायतका माध्यमबाट पठनपाठनलाई सहज रुपमा अघि बढाउन सकिने बताएका हुन् ।

लकडाउनको अवधिमा पठनपाठनको अवस्था तथा निरन्तरता दिने बिषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जाानकारी दिए । लकडाउनलाई सरलीकृत गर्दै जाँदा पठनपाठनलाई सहज रुपमा अघि बढाउने बिषयमा नै केन्द्रिय भएर छलफल गरिएको उनले बताए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले पठनपाठन तथा परीक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको जानकारी दिए । उनले पठनपाठन सुरु गर्न बिभिन्न बिकल्पमा छलफल भएको बताए ।

लकडाउनलाई व्यवथित गर्नका लागि समितिले बिभिन्न निकायसंग छलफल गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले तीन दिनदेखि भएको छलफलको निष्कर्ष मन्त्रिपरिषद् बैठकको प्रस्तावमा लैजाने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिइरहेको  छः अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको कमजोर शिक्षा नीतिको

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको