सरकार निर्णयबाट पछि हट्यो, अब कर तिर्ने म्याद असार सात गतेसम्म थप


काठमाडौं । सर्वत्र आलोचना र दबावपछि आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार सूचना जारी गरी जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।

तर त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार अर्को सूचना निकालेर कर तिर्ने समय बढाएको हो । सरकारको लकडाउनको वेवास्ता गरी समयसीमा राखेको भन्दै नेपाली कांग्रेसले भद्र अवज्ञा गर्न आह्वान गरेको थियो । त्यसैगरी उद्योगीहरुले पनि सरकारको निर्णयको विरोध गरेका थिए ।

जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेता फिर्ता नलिए भद्र अवज्ञा : सभापति देउवा