अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले लोकसेवा आयोगमा पीसीआर रिपोर्ट अनिवार्य बुझाउनुपर्ने



काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले अन्तरवार्ता अगावै पीसीआर परीक्षणको रिर्पोट बुझाउन सूचित गरेको छ ।

प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका भएमा कोभिड १९ पीसीआर परीक्षणको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन सूचना जारी गरिएको हो । स्वास्थ्य परीक्षणमा समस्या आएमा आयोगले सहजीकरण समेत गर्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

ठाकुरबाबा । बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ

बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको

जेठ २० देखि २४ गतेसम्म कर्णाली राजमार्ग बन्द हुने

कालिकोट । कर्णाली राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ ।

सप्तरीमा हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

सप्तरी । सप्तरीमा शनिबार बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको