कर तिर्न जनतालाई अत्याउँदै सरकार
काठमाडौं । सरकारले कोरोना महामारीका कारण चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्म कायमै गरेको छ । जनता घरबाट बाहिर निस्कन पाएका छैनन् भने पेशा व्यवसाय ठप्पैछ । तर सरकारले कर बुझाउन भने जेठ २५ सम्मको म्याद दिएको छ ।
आन्तरिक राजस्व विभागले जेठ २५ गतेसम्म कर बुझाउन सूचना नै जारी गरेको छ । विभागले जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिइसकेको छ । लकडाउनका कारण करदाता कर कार्यालय र बैंकसम्म जान सक्ने अवस्था नभएको बेला लोकतान्त्रिक सरकारले यस्तो गर्नु सही हो त ?