रुपन्देहीबाट २५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज
रुपन्देही । रुपन्देहीको भैरहवास्थित भीम अस्पातालबाट कोेरोना भाइरसलाई जितेर २५ जना घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखाका प्रमुख डा.उमाशंकर चौधरीका अनुसार निको भएर फर्किएकाहरु धेरै जसो कपिलबस्तुका छन् । योसंगै प्रदेश ५ मा निको भई घर फर्किनेहरुको संख्या ७१ पुगेको छ ।
प्रदेश पाँचमा संक्रमितको संख्या पाँच सय ५० छ । यसअघि बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप ४ जना संक्रमीत आइतबार डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरु उनीहरु कपिलवस्तु र रुपन्देहीका छन् । त्यसअघि पनि यही अस्पतालमा उपचार गरेका ११ जना निको भई फर्किएका थिए ।