राप्रपा एकमात्र बैकल्पिक शक्तिः कमल थापा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा अहिलेको राजनीतिक अवस्थामा एक मात्र बैकल्पिक पार्टी भएको बताएका छन् । पार्टीको ३१ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष थापाले स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुट्ने बाचाबन्धन सहित एकताबद्ध भएको बताएका हुन् । अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र र सनातन हिन्दूराष्ट्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने अभिभारा आफूहरुको भएको बताएका छन् ।