सेनाले भन्यो-जुन र जुलाईमा कोरोना संक्रमितको संख्या बढ्ने अनुमानसँगै तयारी थालेका छौं



काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई,मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ । बुधबार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन गरी सेनाले कोरोनाको माहामारीले काठमाडौं–तराई,मधेस द्रुतमार्ग निर्माणमा ढिलाई नहुने भन्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने दावी गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डेले नेपाल सरकारले निर्देश भएअनुसार द्रतमार्ग बिशेष महत्वको रहेको भन्दै यसको निर्माण कार्य तिव्र रुपमा अघि बढेको र लक्षित समयभित्र पारदर्शी र गुणस्तरिय हिसावले पुरा हुने बताए । हालै सम्पन्न गरिएको अन्तर्राष्ट्रिय परामर्शदाता छनौट कार्यपनि अधिक प्रतिष्पर्धाका साथ स्वच्छता पारदर्शीताका साथ विधमान ऐन कानूनको परिधिभित्र बसेर गरिएको उनले बताए । आगामी आर्थिक बर्षबाट सुरुङमार्ग निर्माण हुने जानकारी पनि उनले दिए ।

त्यस्तै सेनाले आगामी जुन र जुलाईमा कोरोना भाइरसका संक्रमित बढ्ने अनुमान गर्दै त्यसका आधारमा रोकथाम, नियन्त्रण र उपचारका गतिविधि अघि बढाएको जनाएको छ । प्रवक्ता पाण्डेले जुन र जुलाईमा संक्रमितको संख्या बढ्ने अनुमान गरिएसँगै त्यसका लागि तयारी पनि अघि बढाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघात भएपछि पूर्वयुवराज पारस नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि

‘रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक’

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

डोला दर्शनका लागि श्रद्धालुको भीड

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी