कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु, संक्रमितको संख्या ६८२ पुग्यो



काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मीका एक एक जनाको मृत्यु भएको थियो ।

यसैबीच, सोमबार नेपालमा थप ६ जनामा कोरोना संक्रमित थपिएका छन् । अछामका ३२ वर्षीय पुरुष, बर्दियाको गुलरियाका तीन जना पुरुष , पर्साका एक पुरुष र काठमाडौं घर भई बाराको कलैया निवासी एक जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । ती मध्ये ६०२ जना पुरुष र ८० जना महिला छन् । त्यस्तै निको भई डिस्चार्च हुनेको संख्या ११२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्र किन आज ‘ग्रे जोन’मा पुग्यो, जाँच गर्न तत्काल स्वतन्त्र आयोग गठन गर्नुपर्छ

-डा. युवराज संग्रौला नेपालको रास्ट्रभाषा नेपाली अहिले घृणा व्यक्त गर्ने अस्लिल, हिंसात्मक उत्तेजना

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह

राष्ट्रियसभाको बैठक बस्दै, बैठकमा सरकारले पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै

काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत