चौकीदार राख्ने विषयमा विवाद हुँदा डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप
काठमाडौँ । काठमाडौँको डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । प्रहरीका अनुसार त्यस विषयमा विवाद हुँदा कैदीबन्दीले कारागारभित्र नाराबाजीसमेत गरेका थिए ।
कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन् ।