१० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्म कैद सजाय हुने



काठमाडौं । १० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी घुस लिनेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो ।

समिति सभापति परशुराम मेघी गुरुङले घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको जानकारी दिए । १ करोड देखि १० करोड रुपैयाँसम्म घुस लिने व्यक्तिलाई ८ देखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ ।

यसअघि १ करोडभन्दा बढी जतिसुकै रकम घुस लिएपनि आठ देखि १० वर्षसम्म कैद र घुस (रिसवत) लिएको रकम जफत हुने प्रावधान थियो । १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने प्रावधान थपिएको छ । छलफमा भाग लिँदै सांसद रामनारायण विडारीले घुस लिएको प्रमाणित भएमा अभियुक्तको मात्रै नभएर सपरिवारको सम्पत्ति जफत हुने व्यवस्था गर्न सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक