बल्ल उठ्यो कोरोना संक्रमितको शव



बुटवल । रुपन्देहीको मणिग्रामको क्रिमसन अस्पतालमा निधन भएका कोरोना संक्रमित शिक्षकको शव व्यवस्थापन गरिएको छ । बिहीबार उपचारका क्रममा निधन भएका ४१ वर्षीय शिक्षकको शव स्थानीय प्रशासनले व्यवस्थापन गरेको हो । शुक्रबार दिउँसो २ बजे स्थानीय प्रशासनले कोरोनाका कारण मृत्युु भएकाहरुको शव व्यवस्थापन कार्यविधि अनुसार व्यवस्थापन गर्ने गरि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अस्पतालबाट शव लगेर व्यवस्थापन गर्ने तयारी गरेको छ ।

मृतकको शव कहाँ व्यवस्थापन गर्नेे भन्ने बिषयमा समेत विवाद बढ्दा केही समय अन्यौलता बढेको थियो । मृतकको शव तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा व्यवस्थापन गर्ने प्रयत्नमा स्थानीयले असहमति जनाएका कारण, तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने प्रयत्न समेत स्थानीयले सहमति दिएनन् ।

शव सैनामैनाको सालझण्डीमा रहेको वसामुदायिक नमा ब्यवस्थापन गर्ने प्रयत्न सफल हुन नसकेपछि स्थानीय प्रशासनले तिलोत्तमा नगरपालिकाकै वडा नम्बर १ मा रहेको शंंकरनगर सामुुदायिक वन क्षेत्रमा व्यवस्थापन गर्ने निर्णय गरिएको बताईएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन

साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा