कोरोनाबाट कसैको मृत्यु नहोस् भनेर काम गरियो तर विविध कारणले सकिएनः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणबाट मानिसको मृत्यु हुन नदिने सरकारले प्रयास गरेपनि त्यो सफल हुन नसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकका सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मानिसको मृत्यु हुन नदिन विभिन्न उपाय अपनाएपनि विभिन्न कारण त्यो सफल हुन नसकेको बताएका हुन् ।

उनले लकडाउनको पूर्ण परिपालना नहुँदा र बाहिरबाट आउने मानिसका कारण समस्या भएको बताए । उनले अन्य देशबाट आउने मानिस भन्दा भारतबाट आउने मानिसबाट समस्या निम्तिएको बताए । कोरोनाबाट मृत्यु भएकाहरूको अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ थियो ।

उनले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जुनसुकै अवस्थाले निधन भएको भएपनि कोरोना संक्रमण भएको छ भने त्यसैबबाट भएको मान्नुपर्ने हुन्छ ।’ प्रधानमन्त्रीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरे । ‘चीनको वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो । इटालीबाट आएको पनि नरम देखिएको थियो । दुबइबाट आएको पनि नरम देखिएको थियो तर भारतबाट आएको कडा भाइरस देखिएको छ ।’ उनले भने ।

प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि कुर्सीमा बसेर सम्बोधन गरिरहेका छन् । अपरेशनका कारण आफ्नो खुट्टामा समस्या भएको भन्दै प्रधानमन्त्रीले बताएपछि सभामुख अग्नी सापकोटाले संसदका महासचिवलाई कुर्सीको व्यवस्थापन गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीले भने, ’सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो, स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरमा आगलागी हुँदा १७ घर, आठ पाली र १० गोठ नष्ट

भोजपुर ।  भोजपुरमा हावाहुरीसँगै लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

नवलपरासी । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती

ट्रम्पका सुरक्षा निर्देशकको आश्वासनः अमेरिकाले नेपाललाई दिँदैआएको आर्थिक सहयोगले निरन्तरता पाउँछ

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रूपमा