बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु



बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले जानकारी दिएका छन् ।

उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए ।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनले बताए । एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ ।

पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली