जनस्वास्थ्य प्रयोगशालाका निर्देशकमाथि यस्तो दुव्र्यवहार !



काठमाडौं । लकडाउनको सुरुको समयमा प्रहरीले नागरिकलाई अमानवीय तवरले कुटपिट गरेका थुप्रै दृष्य सार्वजनिक भए । त्यसपछि प्रहरीको सर्वत्र आलोचना भयो । यतिसम्मकी औषधि किन्न गएका, विरामी, खाद्य सामग्री खरिद गरी फर्किएका नागरिकलाई प्रहरीले अमानवीय तवरले कुटपिट गर्ने गरेको थियो ।

तर प्रहरीका पनि चेत खुलेर होला अनि सर्वत्र विरोध भएपछि अहिले कुटपिटका दृष्य देखिन छाडेको छ । तर पछिल्लो समय बाहिरबाट आउने मानिसलाई गाउँ टोल छिर्न नदिने भन्दै स्थानीयको नाममा टोले गुण्डा सक्रिय हुन थालेका छन् । पुलमा बार लगाउने, पर्खाल लगाउने, सवारीसाधन जाँच गर्ने काम उनीहरुबाट हुन थालेको छ । उनीहरुको रवैया हेर्दा सरकार अब टोले गुण्डाको हातमा गयो कि भन्ने आभाष हुने खालका घटना सार्वजनिक हुन थालेका छन् । एउटा भिडियो सामाजिक संजालमा अहिले भाइरल भएको छ ।

बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की चढेको गाडीलाई नागढुंगामा उत्तम कार्की बताउने युवाको समूहले रोकेर उनीहरुले गरेको व्यवहार हेर्दा त्यस्तै लाग्छ । निर्देशक कार्कीले आफू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना परीक्षणका लागि कीट लिन आएको भन्दा समेत नछाडेर झोला जाँच गरेका छन् ।

को हुन् ती उत्तम कार्की प्रहरीको जसरी जाँच गर्ने ? कसले दियो तिनलाई यो अधिकार ? यस्ता गतिविधिले स्वास्थ्यकर्मीको मनोबल पक्कै गिर्नेछ । कोरोना नियन्त्रणका नाममा कुनैपनि स्थानमा यस्तो काम नहोस् । यिनलाई तत्काल कारबाही होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपसमिति बनाएर भएपनि तत्काल विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

बिस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

नारायण न्यौपाने, भक्तपुर । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन

टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस  । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग