नीति तथा कार्यक्रम गफ मात्र भएको देउवाको टिप्पणी
काठमाडौं । विपक्षी दलहरुले सरकरको नीति तथा कार्यक्रम प्राथमिकता साथ नआएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नयाँ कुरा केही पनि नआएको टिप्पणी गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले नयाँ कुरा केही नभएको र सबै कुरा मात्र आएको बताए । उनले नीति तथा कार्यक्रममा रहेको बिषय गफ मात्र भएको बताए ।
त्यस्तै जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोले आर्थिक रुपमा ल्याएको संकटलाई नीति तथा कार्यक्रमले समेट्न नसकेको आरोप लगाए । उनले परम्परागत ढंगले आएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।
त्यस्तै जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कर्मकाण्ड तरिकाले कार्यक्रम आएको धारणा राखे । उनले देश एकातिर र नीति तथा कार्यक्रम अर्कोतर्फ रहेको तर्क गरे ।