पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाइने



काठमाडौं । सरकारले काभ्रे र तेह्रथुममा नयाँ विमानस्थल निर्माण गर्ने भएको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दुई आन्तरिक विमानस्थलको निर्माण सुरू हुने बताएकी हुन् । त्यस्तै निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष सञ्चालनमा आउने भएको छ ।

त्यसैगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गरिने जनाइएको छ । नीति तथा कार्यक्रममा आगामी वर्ष पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न गर्ने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउने उल्लेख छ । त्यस्तै कोभिड १९ ले पारेको प्रभावलाई दृष्टिगत गर्दै दीगो पर्यटन उत्थान कार्यक्रम ल्याइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाइने भएको छ ।

बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको विस्तार तीन वर्षभित्र सकिने उल्लेख छ । काठमाण्डौ–तराई मधेश फास्ट ट्रयाकको काम तीन वर्षमा सक्ने नीति तथा कार्यक्रममा उल्लेख छ । आउँदो आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको तीन सय किलोमिटर, हुलाकी राजमार्गको दुई सय ५० किलोमिटर र उत्तर–दक्षिण कालीगण्डकी करिडोर ९० किलोमिटर सडक कालोपत्रे गरिने कार्यक्रममा उल्लेख छ ।

त्यस्तै नागढुङ्गा–नौबिसे सुरुङको एक किलोमिटर काम आउँदो वर्ष सक्ने र पाल्पाको सिद्धबाबामा सुरुङ निर्माण थालिने राष्ट्रपति भण्डारीले बताइन् । त्यस्तै वैशाख २०७२ को भूकम्पले भत्काएका संरचना आगामी आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आवश्यक नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्री र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिको व्यवस्था गरिने राष्ट्रपति भण्डारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

दलको विकल्प राजसंस्था कुनै पनि अवस्थामा हुनसक्दैनः महासचिव गुरुङ

गोरखा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र

संखुवासभाको सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइनः गृहमन्त्री लेखक

नवलपुर ।  गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका